Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारी आयुर्वेद औषधिको उत्पादन वृद्धि गर्दै स्वदेशी जडीबुटीको उपयोग विस्तार गर्न र आयातमा निर्भरता घटाउन आवश्यक रहेको बताएकी छन्।

आइतबार नरदेवी आयुर्वेद अस्पताल तथा अस्पतालअन्तर्गत सञ्चालित सरकारी वैद्यखानाको निरीक्षणका क्रममा मन्त्री मेहताले आयुर्वेद उपचार, योग तथा प्राकृतिक चिकित्सा सेवा, औषधि उत्पादन, भण्डारण, प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएकी थिइन्।

निरीक्षणका क्रममा उनले नागरिकले गुणस्तरीय, सहज र भरपर्दो आयुर्वेद सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्न सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिइन्।

मन्त्री मेहताले नेपालमै उपलब्ध जडीबुटीको वैज्ञानिक उपयोग गर्दै सरकारी वैद्यखानाले आफ्नै आयुर्वेदिक औषधिको उत्पादन विस्तार गर्नुपर्नेमा विशेष जोड दिइन्। उत्पादन क्षमता वृद्धि गरी सरकारी स्वास्थ्य संस्थामा आवश्यक आयुर्वेदिक औषधिको नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।

उनले नेपालमा प्रशस्त मात्रामा पाइने जडीबुटीको वैज्ञानिक प्रशोधन, अनुसन्धान र उत्पादनमार्फत स्वदेशी आयुर्वेद औषधिलाई प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै त्यसका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्ध रहेको बताइन्।

मन्त्री मेहताले आयुर्वेद क्षेत्रको विकासले स्वदेशी औषधि उत्पादनमा आत्मनिर्भरता बढ्नुका साथै स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार हुने विश्वास व्यक्त गर्दै सम्बन्धित निकायलाई उत्पादन र सेवाको गुणस्तर सुधारमा थप सक्रिय हुन आग्रह गरिन्।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्