प्रतिनिधिसभाबाट पारित भई प्राप्त ‘विनियोजन विधेयक, २०८३’ सम्बन्धी सन्देश राष्ट्रिय सभामा टेबुल गरिएको छ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कंडेलले प्रतिनिधिसभाबाट प्राप्त विनियोजन विधेयक, २०८३ सम्बन्धी सन्देश बैठकमा टेबुल गरेका हुन्।
बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य तथा पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरेको छ।
राष्ट्रिय सभाको अर्को बैठक असार १५ गतेका लागि बोलाइएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्