Sunday, September 06, 2026
आइतबार, भाद्र २१, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

आलुको परिकारमा साङ्ला भेटिएपछि अडोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अडोरा होल्डिङलाई खाद्य सुरक्षा मापदण्ड उल्लंघन गरेको पाइएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार आलुको परिकारमा साङ्ला भेटिएको भन्दै व्हाट्सएपमार्फत प्राप्त उजुरीका आधारमा विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले बुधबार आकस्मिक बजार अनुगमन गरेको थियो।

अनुगमनका क्रममा एक लिटरका तीन बोतल फ्रुट सिरपको उपभोग्य मिति सकिएको, करिब तीन किलो लेबलविहीन चाउमिन प्रयोग गरिएको, कृत्रिम खाद्य रङ प्रयोग भएको, प्रयोगपछि राखिएको करिब एक लिटर तेलको TPM (Total Polar Materials) Value ३३ रहेको तथा फ्रिजको प्रयोग अव्यवस्थित रहेको भेटिएको विभागले जनाएको छ।

अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अडोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।

विभागका अनुसार म्याद गुज्रिएका खाद्य सामग्री थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। साथै उच्च TPM Value भएको करिब एक लिटर प्रयोग गरिएको तेल र लेबलविहीन करिब तीन किलो चाउमिन नष्ट गरिएको छ।

यससँगै सम्बन्धित व्यवसायलाई खाद्य स्वच्छता मापदण्ड कडाइका साथ पालना गर्न, फ्रिजको व्यवस्थित प्रयोग

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्