Sunday, September 06, 2026
आइतबार, भाद्र २१, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

दरबार डोजोका उत्कृष्ट खेलाडी नगद पुरस्कारसहित सम्मानित

काठमाडौं, भाद्र २० गते। KWW-NEPAL अन्तर्गत सञ्चालित दरबार डोजोको १७औँ जुनियर बेल्ट टेस्ट तथा तेस्रो डोजो च्याम्पियनसिप–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। खेलाडीहरूको प्रतिभा, अनुशासन र उत्कृष्ट प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रम KWW-NEPAL का अध्यक्ष श्यामलाल खड्गीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा KWW-NEPAL का वरिष्ठ सल्लाहकार  रामकृष्ण खड्गी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै पदक हासिल गरेका चार जना उत्कृष्ट खेलाडीलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो। खेलाडीहरूको मेहनत, लगनशीलता र खेलभावनाको कदर गर्दै प्रमुख अतिथि रामकृष्ण खड्गीले व्यक्तिगत रूपमा नगद पुरस्कार प्रदान गर्नुभएको हो। सम्मानले खेलाडीहरूलाई आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न थप हौसला मिल्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
कार्यक्रमकै अवसरमा तेस्रो डोजो च्याम्पियनसिप समेत सफलतापूर्वक सम्पन्न भएको थियो। प्रतियोगितामा खेलाडीहरूले आफ्नो सीप, क्षमता, अनुशासन र प्रतिस्पर्धात्मक भावना प्रदर्शन गरेका थिए। च्याम्पियनसिपले नयाँ पुस्ताका खेलाडीहरूमा खेलप्रतिको रुचि र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।
कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति डोजो प्रमुख प्रविण राईले धन्यवाद तथा आभार व्यक्त गर्नुभयो। उहाँले खेलाडीको विकासका लागि नियमित प्रशिक्षण, अनुशासन र प्रतिस्पर्धात्मक अवसरलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, खेलकुदको प्राविधिक तथा प्रशिक्षण पक्षलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका KWW-NEPAL का Brach Chief  तथा एसिया प्रतिनिधि शिहान गणेश प्रसाद चौधरी र सुजान कार्की गुरुप्रति आयोजकले विशेष कृतज्ञता व्यक्त गरेको छ।
आयोजकका अनुसार यस्ता प्रतियोगिता तथा बेल्ट टेस्टले खेलाडीहरूको शारीरिक क्षमता मात्र नभई अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र सकारात्मक प्रतिस्पर्धात्मक संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ। आगामी दिनमा पनि खेलाडीको प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले थप कार्यक्रम तथा प्रतियोगिता सञ्चालन गरिने जनाइएको छ।
कार्यक्रमलाई सफल, व्यवस्थित र भव्य बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण प्रशिक्षक, खेलाडी, अभिभावक, अतिथि, निर्णायक तथा सहयोगी महानुभावहरूप्रति आयोजक पक्षले हार्दिक आभार व्यक्त गरेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्