Friday, September 04, 2026
शुक्रबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.71 SELL AUD/NPR 109.91 SELL BHD/NPR 406.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ

पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरिएको छ। निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाले १६६ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

नेपाली सेनाको श्री सबुज गणअन्तर्गत सुरक्षा पोस्ट प्रतापपुरबाट सोमबार खटिएको गस्ती टोलीले मकवानपुरको चुरे क्षेत्रभित्र पर्ने निकुञ्जको कोर इलाका बगई खोलानजिक नियमित गस्तीका क्रममा गाँजा बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलासेका ५४ वर्षीय विक्रम सिंतान र ४८ वर्षीय गोकर्ण मोक्तान रहेका छन्। उनीहरू गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको सेनाले जनाएको छ।

निकुञ्ज क्षेत्रमा हुन सक्ने अवैध गतिविधि तथा लागूऔषध ओसारपसार नियन्त्रणका लागि नियमित रूपमा गस्ती सञ्चालन भइरहेको सेनाले जनाएको छ।

बरामद गरिएको १६६ केजी गाँजा र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीको रोहबरमा इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरमा बुझाइएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्