प्रतिनिधि सभा निर्वाचनका लागि बाराका चार निर्वाचन क्षेत्रबाट कुल ११२ जनाले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन कार्यालयका अनुसार बारा १ मा २०, बारा २ मा २९, बारा ३ मा २४ र बारा ४ मा ३९ जनाले दर्ता गरेका छन्।
बारा १:
नेकपा एमालेबाट निवर्तमान सांसद अच्युत मैनाली, नेपाली कांग्रेसबाट शम्भुबहादुर बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश धिमाल, नेकपाबाट सन्तोष दंगाल, जनता समाजवादी पार्टी नेपालबाट रामबाबु यादव र जनमतबाट कमरुल्लाह अंसारीसहित २० जनाले उम्मेदवारी दर्ता गरेका छन्।
बारा २:
एमालेबाट बलबीर चौधरी, कांग्रेसबाट भैयाराम यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दन सिंह, नेकपाबाट रमेश प्रसाद यादव, जसपा नेपालबाट रामकिशोर यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लालबाबु साह तेली र जनमतबाट राजेश साहसहित २९ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
बारा ३:
एमालेबाट पूर्वमन्त्री ज्वालाकुमारी साह, कांग्रेसबाट पूर्वमन्त्री फरमुल्लाह मंसुर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अरविन्द साह, नेपाली कम्युनिष्ट पार्टीबाट भरतप्रसाद साह, जसपा नेपालबाट रामबाबु कुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्रप्रसाद जैसवार, जनमतबाट प्रमोद गुप्ता, उज्यालो नेपाल पार्टीबाट तिर्थबहादुर गुरुङ, श्रम संस्कृति पार्टीबाट मुमतज बेगम, आम जनता पार्टीबाट लक्ष्मण लामा र राष्ट्रिय जनमोर्चाबाट बालाकृष्ण शर्मा लगायत २४ जनाले मनोनयन दर्ता गरेका छन्।
बारा ४:
पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) सहित एमालेका उम्मेदवार, कांग्रेसका श्यामबाबु गुप्ता, रास्वपका रहबर अंसारी, जसपाका सन्जु साह कानु, राप्रपाका दिलिपकुमार शर्मा, जनमतका हसनजान मियाँ, समुन्नत नेपालका पूर्व आईजीपी सर्वेन्द्र खनाल, उज्यालो नेपालका सन्तोषकुमार गुप्ता, श्रम संस्कृति पार्टीका गोपालबहादु खत्री, राष्ट्र निर्माण दल नेपालका समीम मिया अंसारी र राष्ट्रिय एकता दलका विनय यादवसहित ३९ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्